Logo

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सीलोना विजयी



काठमाडौं, २० मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी भएका छन् ।

समुह ए को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए. मस्कोलाई २-१ ले हराँउदा स्विट्जरल्याण्डको एफ.सी बाजलले पोर्चुगलको बेनिफिकालाई २-० ले हरायो ।

यसैगरी समुह बी का खेलहरुमा जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराँउदा बेल्जियमको एन्डरलेच्टले स्कटल्याण्डको सेल्टीकलाई १-० ले पराजित गर्‍यो ।

समुह सि का खेलहरुमा ईटालीको ए.एस रोमाले अजरबैजानको काराबागलाई १-० ले हराउँदा इंग्ल्याण्डको चेल्सी र स्पेनको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेले ।

यसैगरी समुह डि का खेलहरुमा स्पनेको बार्सीलोनाले पोर्चुगलको स्पोर्टिङलाई २-० ले हराउँदा ईटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसमाथि २-० कै जित निकाल्यो ।

गएरातीका खेलहरुपछि च्याम्पियन्स लिगको समुह ए बाट म्यान्चेस्टर युनाईटेड र एफसी बाजल, बी बाट पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिख, सि बाट ए.एस रोमा र चेल्सी तथा समुह डी बाट बार्सीलोना र युभेन्टस नक आउट चरणमा प्रवेश गरेका छन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्