Logo

आइसीसी विश्व क्रिकेट लिग, आज नेपालले युएईसँग खेल्दै



काठमाडौं, २०  मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले आज युएईसंग खेल्दैछ ।

यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शिर्ष चारभित्र पर्न सकेको खण्डमा नेपाल सोही श्रेणीमा रहन्थ्यो भने अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा स्थान पनि सुरक्षित गर्दथ्यो ।

तर प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा झर्न बाध्य भएको हो । नेपलासँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन टु मा झरिसकेका छन् । स्कटल्याण्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन टु मा झर्नेछ ।

युएई विरुद्ध उसैको मैदानमा आज र पर्सी हुने दुई खेललाई नेपालले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीका रुपमा हेरेको छ । डिभिजन टु प्रतियोगिताका आगामी फेब्रेअरीमा नामिबियामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्