Logo

धनुषामा निधि र महतोवीच पैसा बाड्न होडबाजी, १०/१० करोड खर्चिन पनि तयार



काठमाडौं, २० मंसिर । भोलि ४५ जिल्लामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । अहिले मौन अवधि छ । मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरमा दुई जना उम्मेद्धवारहरु तिव्र प्रतिष्पर्धामा उत्रिएका छन् ।

स्रोतका अनुसार धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्धवार रहेका विमलेन्द्र निधि र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोवीच पैसा बाँड्ने होडबाजी भैरहेको छ । जनकपुरको देवीचोकमा महतो पैसा बाँड्न निस्किएपछि मध्यरातमा अहिले धनुषामा तनाब सृजना भएको स्रोतको दाबी छ।

धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार रहेका राजेन्द्र महतोलाई पैसा बाँड्न रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ ।

तर महतोलाई चूनौति दिँदै यता निधिले पनि पैसाको बिटो नै खर्च गरेको खुलासा भएको छ । राति सवा ११ बजे भएको झडपका क्रममा कांग्रेस र राजपाका केही कार्यकर्ता सामान्य घाइते भएका छन् । मध्यरातमा पैसा बाँड्न महतो आफै निस्किएपछि रोकेको काँग्रेसका युवा नेता राकेशविक्रमले महतोले जनाएका छन् ।
जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए ।

स्रोतका अनुसार निधि र महतो अहिले दश÷दश करोड रुपैयाँ खर्चिन तयार देखिएका छन् । महतोलाई मंगलवार राती नै जनकपुर १६ को कपिलेश्वरमा पनि पैसा बाँड्न जाँदा कांग्रेस कार्यकर्ताहरुले रोकेका थिए । धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्