Logo

प्रचण्डलाई हराउन विक्रम पाण्डेले दश करोड बाँडे



काठमाडौं, २० मंसिर । भोलि हुने निर्वाचनको लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको छ । मतदाताहरु मतदान गर्नको लागि व्यग्र प्रतिक्षामा छन् ।

दोस्रो चरणको निर्वाचनमध्ये चितवनको क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र हालका मन्त्री विक्रम पाण्डेवीच तिव्र प्रतिष्पर्धा छ । दाहाल र पाण्डेवीच चुनावी भीडन्त महासंग्राममा परिणत भएको छ ।

निर्वाचन जित्नको लागि राप्रपा प्रजातान्त्रिकका नेता समेत रहेका मन्त्री पाण्डेले चितवनको माडीमा दश करोड रुपैयाँ खर्चिने अन्तिम तयारी गरिसकेका छन् । स्रोतका अनुसार पाण्डेले माओवादी र एमालेको भोट बैंकको रुपमा रहेको माडीका मतदाताहरुलाई आफ्नो पक्षमा पार्नको लागि पैसाको खोलो बगाएका छन् । उनले हिजोमात्रै काठमाडौंका विभिन्न बैंकबाट दश करोड रुपैयाँ निकालिसकेका छन् ।

पहिलोपटक गृहजिल्लाबाट चुनाव लडेका प्रचण्डलाई पाण्डेको उम्मेद्धवारी निकै भारी परेको छ । प्रचण्ड वाम गठबन्धनका उम्मेद्धवार हुन भने पाण्डेलाई नेपाली कांग्रेसको समर्थन छ । उक्त क्षेत्रमा कांग्रेसको बलियो उपस्थिति छ । सोही क्षेत्रबाट ०७० को निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशिल कोइरला भारी मतान्तरले विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्