राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट


काठमाडौँ, २० मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको त्रि–दिवसीय भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट ग¥यो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । (रासस)