Logo

धनुषामा मतदान शान्तिपूर्ण रुपमा जारी



जनकपुरधाम, २१ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन धनुषामा शान्तिपूर्वक भइरहेको छ ।

मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामा क्षेत्र नं– १ मा एक लाख दुई हजार ७१२, क्षेत्र नं– २ मा एक लाख छ हजार १००, क्षेत्र नं– ३ मा ९७ हजार ५०२ र क्षेत्र नं– ४ मा ९८ अजार ३६० मतदाता रहेको छ ।

कार्यालयका अनुसार मतदानका लागि ३२७ मतदान स्थलमा ५४८ मतदान केन्द्रको व्यवस्था गरिएको छ । सोमध्ये २२२ अतिसंवेदनशील र १०५ संवेदनशील मतदानस्थल रहेको छ ।

यसैबीच नेपाली काँगे्रसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले राजेश्वर निधि माध्यमिक विद्यालय नगराइन मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

यस्तै, धनुषा क्षेत्र नं– ४ मा वाम गठबन्धनका उम्मेदावार रघुवीर महासेठले जनकपुर उपमहानगरपालिका–९ स्थित सहृदय पुस्तकालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ भने खानेपानी तथा सरसफाइ मन्त्री एवं काँगे्रसका तर्फबाट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले जनता निमावि बनिगामा मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

यसैबीच, जनकपुरधाम उपमहानगरपालिका– १८ की रामरति देवीले जनकपुर उपमहानगरपालिका– १४ स्थित ग्रामीण प्रशिक्षण केन्द्र मुजेलिया मतदान केन्द्रमा मतदान गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय धनुषाले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्