Logo

गोरखा क्षेत्र नं २ को निर्वाचनको पाँचौं पटकको प्रारम्भिक मत परिणाम सार्वजनिक नारायणकाजीले बाबुरामलाई उछिने



काठमाडौँ, २१ मंसिर । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको गोरखा क्षेत्र नं २ को निर्वाचनको पाँचौं पटकको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । पाँचौं मत परिणाम अनुसार अहिले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अग्रता हाँसिल गरेका छन् ।

चार पटकसम्मको प्रारम्भिक मत परिणाममा नयाँ शक्तिको संयोजक बाबुराम भट्टराईको अहिले पछि परेका छन् । जस अन्तर्गत् माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको १८ सय २४ मत आएको छ । भने उनका प्रतिस्पर्धी नयाँ शक्तिका संयोजक भट्टराईको १७ सय ८९ मत आएकोे छ ।



प्रतिक्रिया दिनुहोस्