एमालेले प्रदेश र प्रतिनिधि सभा दुवैतर्फ विजयी खाता खोल्यो, तुलाचन पहिलो निर्वाचित सांसद


काठमाडौं, मंसिर २२ : एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार तुलाचनले ३५४४ मत ल्याएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३१८१ मत पाएका छन्। तुलाचन स‌ंघीय नेपालको पहिलो निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। प्रदेशसभामा पनि मुस्ताङबाट खाता खोलेको एमालेले प्रतिनिधिसभामा पनि विजयी हात पारेको हो।

Skip This

Omoda E5 Pro