Logo

जाजरकोटमा वाम गठबन्धनलाई भारी अग्रता



जाजरकोट, २२ मंसिर । जाजरकोटमा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुसको तयारी भएको छ ।

प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता शक्ति बस्नेतले ७७५७ पाउँदा नेपाली कांग्रेसका राजीव विक्रम शाहले ५७११ मत पाएका छन् ।

त्यस्तै प्रदेश सभा (क)मा माओवादी केन्द्रकै गणेश सिंहले ७४७२ र नेपाली कांग्रेसका बेदराज सिंहले ५४९२ मत पाएका छन् । त्यस्तै (ख)मा एमालेका करबिर शाहीले ८६२२ र नेका दिपकजंग शाहले ६६३७ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्