हुम्लामा स्वतन्त्र उम्मेदवार लामा विजयी


हुम्ला, २२ मंसिर  । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा वाम गठबन्धनका वागी उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।

लामा ४७ मतले कांग्रेसलार्इ पछि पार्दै विजयी भएका हुन् । कलम चिन्हमा चुनाव लडेका लामा विजयी भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले पुष्टि गरेका हुन् । लामाले ८४९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मंगलबहादुर शाहीले ८४४४ मत ल्याएका छन् ।