सप्तरी २ मा उपेन्द्र यादवको अग्रता


राजविराज, २२ मंसिर :  प्रतिनिधिसभा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ९७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच क्षेत्र नं १, ३ र ४ को पनि मतगणना शुरु भइसकेको प्रजिअ भागिरथ पाण्डेले जानकारी दिनुभयो ।