गोरखा-२ मा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित


गोरखा,२२ मंसिर । गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो ।

मुचुल्कामा भन्दा ४४ मत बढी भेटिएपछि लोकतान्त्रिक गठबन्धनले बिरोध जनाएको थियो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।