कालिकोटको दुवै प्रदेशमा वामगठबन्धन विजयी

0
Shares

कालिकोटको, २३ मंसिर । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश क र ख मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा कबाट नेकपा एमालेका कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही १२ हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तर्फको मतगणनानुसार माओवादी केन्द्रका दुर्गबहादुर रावतले १४ हजार ३८ मतले अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका भूपेन्द्रजंग शाहीले ११ हजार ४६ मत ल्याई उहाँलाई पछ्याइरहनुभएको छ ।