खोटाङ, २३ मंसिर : प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गर्नुभयो । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद्समेत रहनुभएका भट्टराई एमाले बैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ चैत २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीति शुरु गर्नुभएको थियो । २०३९ सालमा सोही विद्यालयमा स्ववियु सदस्य निर्वाचित हुनुभएका भट्टराईले काठमाडौँको रत्नराज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ ।




प्रतिक्रिया