Logo

युरोपियन च्याम्पियन्स लिग फुटबल : बार्सिलोना र चेल्सी आमने सामने



काठमाडौं, २६  मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।

सोमबार निकालिएको खेल तालिकाअनुसार शिर्ष क्लवहरु रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन तथा बार्सिलोना र चेल्सी आमने सामने हुँदैछन् ।

त्यस्तै ईटालीको युभेन्टसले इङ्गल्याण्डको टोटनह्याम हट्सपरसँग खेल्दा अर्को इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको सेभियालाई प्रतिद्धन्दी पाएको छ ।

इङ्गलिस प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले भने तुलनात्मक रुपमा कमजोर मानिएको स्विस क्लव एफ.सी बाजलसँग खेल्नेछ । ५ पटकको युरोपियन च्याम्पियन लिभरपुलले पोर्चुगलको एफ्.सी पोर्टोसंग खेल्दा पाँच पटककै पुर्व विजेता जर्मन क्लव बायर्न म्युनिखले टर्कीस क्लव बेकिस्तासको चुनौती झेल्नेछ ।

ईटालीको ए.एस रोमाले युक्रेनको शख्तर दोनेस्कसँग खेल्नेछ । नक आउट चरणका पहिलो लेगका खेलहरु फागुन १ र २ गते हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्