Logo

संसदमा प्रत्यक्षबाट ६७ नयाँ अनुहार



काठमाडौं २७ मंसिर ।
प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् ।

एमालेबाट नयाँ अनुहार धेरै निर्वाचित
१६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएका छन् । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई र नेमकिपाका प्रेम सुवाल पूर्वसांसद हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर नवलपरासी पश्चिम १ बाट निर्वाचित हृदयेश त्रिपाठी, कपिलवस्तु २ बाट निर्वाचित बृजेशकुमार गुप्ता र हुम्लाबाट निर्वाचित छक्कबहादुर लामा तीनैजना पूर्वसांसद हुन् ।

चारदेखि ६ पटकसम्म दोहोरिने सांसद
तीनदेखि लगातार ६ पटकसम्म निर्वाचित सांसदले संघीय संसद्मा प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौँपटक सांसदमा निर्वाचित भएका हुन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित भएका हुन् । कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट ०४८ देखि तीनपटकसम्म कांग्रेसबाट र ०६४ र ७० मा फोरमबाट निर्वाचित भए ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल ०५६ बाहेक ०४८ पछिका सबै निर्वाचनमा सांसद बन्दै आएका छन् । हाल उनी पाँचौँपटक सांसद बनेका हुन् । एमाले नेता सुवास नेम्वाङ इलामबाट ०५६ देखि हालसम्म चारपटक र उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चौथोपटक सांसद निर्वाचित भएका छन् । यसअघि रोल्पा तथा दाङबाट चुनाव लड्दै आएका महरा यसपटक दाङ २ बाट निर्वाचित भए । एमालेको चुनाव चिह्न लिएर उठेका बृजेशकुमार गुप्ता चौथोपटक सांसद बनेका छन् । उनी ०५६ मा राप्रपा, ०६४ र ०७० मा सद्भावना पार्टी र हाल सूर्य चिह्न लिएर कपिलवस्तु २ बाट निर्वाचित भएका हुन् ।

यी हुन् तीनपटक सांसद बन्ने नेता
गोरखाबाट डा. बाबुराम भट्टराई लगातार तेस्रोपटक सांसद बनेका छन् । उनी दुईपटक माओवादी र एकपटक नयाँ शक्ति पार्टीबाट सांसदमा निर्वाचित भएका हुन् ।

कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट लगातार तेस्रोपटक विजयी भएका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा, एमालेका रवीन्द्र अधिकारी, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, अभिशेकप्रताप साह लगातार तीनपटक सांसद बन्ने नेता हुन् ।

जो छैटौँपटक सांसद बन्न सकेनन्
०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पराजित भए । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । ०४८ देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का यसपटक सुर्खेतबाट पराजित भए ।

पहिलोपटक निर्वाचित सांसद

एमाले
-राजेन्द्र गौतम, संखुवासभा
-गोकुल बास्कोटा, काभ्रे २
-महेश बस्नेत, भक्तपुर २
-नन्दलाल रोकाया, बाँके ३
-तिलक महत, नवलपुर २
-नरबहादुर धामी, कञ्चनपुर २
-पदम गिरी, पर्वत
-यज्ञ बोगटी, अछाम २
-जयकुमार राई, सुनसरी १
-मेटमणि चौधरी, दाङ १
-नवराज रावत, सुर्खेत २
-लीलानाथ श्रेष्ठ, सिरहा ३
-पवित्रा निरौला खरेल, झापा २
-नारदमुनि राना थारू, कैलाली ५
-कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १
-केदार सिग्देल, तनहुँ २
-हीराचन्द्र केसी, दाङ ३
-नारायण खतिवडा, नुवाकोट २
-राजबहादुर बुढा, दैलेख २
िरवीन्द्रराज शर्मा, दैलेख १
िध्रुव शाही, सुर्खेत १
िलालप्रसाद साँवा लिम्बू, झापा ४
िजगत विश्वकर्मा, कास्की ३
िराजेन्द्र राई, धनकुटा
िनवराज सिलवाल, ललितपुर १
िकृष्ण राई, काठमाडौं ३
िघनश्याम खतिवडा, मोरङ १
िजीवनराम श्रेष्ठ, काठमाडौं ८ िभूमि त्रिपाठी, धादिङ १
िखेम लोहनी, धादिङ २
िडा. सूर्य पाठक, बाग्लुङ १
ियोगेश भट्टराई, ताप्लेजुङ १
िलालबहादुर थापा, बाजुरा
िगोपाल बम, मुगु १
िभूपेन्द्रबहादुर थापा, म्याग्दी
िप्रेमप्रसाद तुलाचन, मुस्ताङ
िपाल्देन छोपाङ गुरुङ, मनाङ
िदीपकप्रकाश भट्ट, कञ्चनपुर ३
िनारायण मरासिनी, स्याङ्जा १
िपद्मा अर्याल, स्याङ्जा २
िझपट रावल, कैलाली २

माओवादी केन्द्र
िसुरेशचन्द्र दास, सिरहा २
िरामेश्वरराय यादव, सर्लाही ३
िगजेन्द्र महत, जुम्ला
िहिमाल किराती, उदयपुर २
िहेमकुमार राई, सोलुखुम्बु
िबिना मगर, कञ्चनपुर १
िमहेश्वर गहतराज, बाँके १
िगंगाबहादुर तामाङ, काभ्रे १
िचक्रपाणि खनाल, कपिलवस्तु १
िदुर्गाबहादुर रावत, कालिकोट
िहरि अधिकारी, गोरखा १

कांग्रेस
िप्रमोदकुमार यादव, रुपन्देही ४
िदेवप्रसाद तिमल्सिना, रौतहट ४
िमोहन आचार्य, रसुवा

संघीय समाजवादी फोरम
िडा. सुरेन्द्र यादव, महोत्तरी ४
िप्रदीप यादव, पर्सा १
िविमलप्रसाद श्रीवास्तव, पर्सा २
िहरिनारायण रौनियार, पर्सा ३
िउमाशंकर अरगरिया, धनुषा २
िरामबाबु यादव, बारा ३
िडा. सूर्यनारायण यादव, सप्तरी १

राजपा
रिेशमलाल चौधरी, कैलाली १
िप्रमोद साह, सर्लाही १
िचन्द्रकान्त चौधरी, सप्तरी ३
िएकवाल मियाँ, बारा ४

राप्रपा
िराजेन्द्र लिङ्देन, झापा ३
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्