Logo

४ वटा प्रदेशमा एमाले, २ वटामा माओवादी र एउटामा मधेशी गठबन्धनले सरकार बनाउने, यि हुन् मुख्यमन्त्रीका दाबेदार



२७ मंसिर, काठमाण्डौ । ६ वटा प्रदेशमा वामपन्थीको सरकार बन्ने निश्चित भएको छ । प्रदेश नम्बर २ मा मधेशी गठबन्धन अर्थात राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको सरकार बन्ने निश्चित भएको छ ।

प्रदेश नम्बर १ मा एकमा मुख्यमन्त्रीका लागि एमालेका नेताहरु शेरधन राई, भिम आचार्य र जीवन घिमिरेको चर्चा छ । एमाले नेताहरु घनश्याम भुसाल, भीम आचार्य, इश्वर पोखरेलका समकालिन नेता घिमिरेले अबको प्रदेश नं. १ को मुख्यमन्त्री आफू नै भएको बताउँदै आएका छन् ।
तर सबैभन्दा बढि सम्भावना शेरधन राईको छ ।

प्रदेश १ मा प्रत्यक्षमा ५६ निर्वाचन क्षेत्र छन् । जहाँबाट समानुपातिकमा ३७ सांसद् छनोट हुनेछ । प्रदेश २ को संसद् ९३ सदस्यीय हुनेछ । जसअनुसार सरकार गठनको सामान्य बहुमत पुग्न ४७ सिट चाहिन्छ ।

प्रदेश नम्बर २ मा मधेशी गठबन्धनबाट मुख्य मन्त्री बन्नेछ । राजपा र फोरममध्ये
प्रदेशसभामा फोरमको बढि सिट आएकाले मुख्यमन्त्री फोरमबाछ नै हुने सम्भावना छ । यद्यपी प्रतिनिधीसभामा फोरमभन्दा एक सिट बढि जितेको राजपाले पनि दाबी गरेको छ ।

फोरमका नेता मनिष सुमनको सम्भावना सबैभन्दा बढि छ । लालबाबु राउतको पनि नाम आएको छ । तर लालबाबुलाई मन्त्री बनाएर आफू मुख्यमन्त्री बन्ने मनिष सुमनले बताएका छन् ।

फोरम र रजपाबिच पार्टी एकताको समेत प्रयास भइरहेकमो छ । नेता सुमनले दिएको जानकारी अनुसार एकताका लागि प्राविधिक कार्यहरु भइरहेको छ । “कार्यकर्ताले पनि एकताको म्याण्डेट दिएका छन् । छिट्टै एकीकरण हुने सम्भावना छ ।” सुमनले भने ।
प्रदेश २ को संसद् १०७ सदस्यीय हुनेछ । जहाँ प्रत्यक्षबाट ६४ सांसद् चयन हुनेछन्। समानुपातिकबाट ४३ सदस्य चयन हुनेछन् । प्रदेश २ को सरकार गठनका लागि ५४ सांसद् आवश्यक पर्नेछ ।

प्रदेश नम्बर ३ मा राजेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, केशव स्थापित, शालिकराम जमकट्टेल, रामेश्वर फुयाँल लगायतका नेताहरुले आफूलाई मुख्यमन्त्रीको दाबी गरेका छन् । तर सबैभन्दा बढि सम्भावना र चर्चा पाण्डेको छ ।

प्रादेशिक सांसद्मध्ये सबैभन्दा ठूलो संसद् हो प्रदेश ३ । प्रदेश ३ को संसद् ११० सदस्यीय हुने्छ । जहाँ प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद् चयन हुनेछन् । सरकार गठनका लागि ५६ सांसद् आवश्यक पर्छ ।

प्रदेश नम्बर ४ मा किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङले आफूलाई मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । यिनै दुईजनामध्यबाट नै यस प्रदेशमा मुख्यमन्त्री बन्ने प्रबल सम्भावना छ ।

प्रदेश ४ को प्रदेशसभा ६० सदस्यीय हुनेछ । जसमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सांसद् चयन हुनेछन् । सरकार गठनको बहुमतका लागि ३१ सांसद् आवश्यक पर्नेछ ।

प्रदेश नम्बर ५ मा शंकर पोखरेलको निश्चित जस्तै छ । तर नेकपा माओवादी केन्द्रले पनि आफ्नो कुनै नेतालाई अघि सार्ने देखिएको छ । माओवादीले सोनम केसी
प्रदेश ५ को प्रादेशिक सांसद् ८७ सदस्यीय हुनेछ । जहाँ प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ सदस्य छनोट हुनेछन् । सरकार गठनको बहुमतका लागि ४४ सिट आवश्यक पर्नेछ ।

प्रदेश नम्बर ६ मा महेन्द्रबहादुर शाहीको सम्भावना बढि छ । माओवादीका तर्फबाट शाहीलाई मुख्यमन्त्री बनाउन एमाले पनि तयार हुने देखिएको छ । प्रदेश ६ मा मुख्यमन्त्री माओवादीले पाउने गठबन्धनको आन्तरिक सहमति छ । यस प्रदेशमा जुम्लाका नरेश भण्डारी पनि मुख्य आकांक्षी छन् ।

सवैभन्दा सानो प्रदेशसभा प्रदेश ६ मा गठन हुनेछ । ४० सदस्यीय प्रदेशसभामा प्रत्यक्षमा २४ र समानुपातिकमा १६ सांसद् चयन हुनेछन् । सरकार गठनका लागि २१ सांसद् आवश्यक पर्नेछ ।

प्रदेश ७ मा भने मुख्यमन्त्रीको चर्चा धेरैको छ । बाजुराबाट संविधानसभा सदस्य भइसकेका कर्णबहादुर थापादेखि कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ, कैलालीका पार्टी अध्यक्ष समेत रहेका दीर्घ सोडारी र बाजुराका प्रकाश शाह प्रत्याशी छन् । प्रदेश ७ को प्रदेशसभा ५३ सदस्यीय हुनेछ । जहाँ प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सांसद् चयन हुनेछन् । सरकार गठनका लागि २७ सिट आवश्यक पर्नेछ ।

समग्रमा एमालेले ४ वटा प्रदेशमा र माओवादीले २ वटा प्रदेशमा मुख्यमन्त्रीको भागबण्डा गर्ने तयारी छ । सबै क्षेत्रमा कमजोर प्रदर्शन गरेको नेपाली कांग्रेसले भने कुनै पनि प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्नेगरी जित्त सकेन ।



प्रतिक्रिया दिनुहोस्