Logo

बिजय गच्छदार विजयी, भगवती ३२१ मतले पराजित



सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

शुरुदेखि नै अग्रता कायम गरेकी एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् ।गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।

यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । बिजय गच्छदारको यो छैटौं अपराजित यात्रा हो ।



प्रतिक्रिया दिनुहोस्