काठमाडौं, २७ मंसिर । नेपालका चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल९धुर्मुस० र कुन्जना घिमिरे९सुन्तली० ले केही समय अघि मात्र अवधारणा सार्बजनिक गरेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ को प्रारम्भिक चरणको काम सुरु भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने नमुना नेपालमा परियोजनाको सर्बेको काम थालिएको हो ।
नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्ने गरि एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आरआरपि सर्बे कन्सल्टस् प्रालिका प्रभास श्रेष्ठको समन्वयमा आजैबाट सर्बेको काम सुरु भएको फाउण्डेशनले जानकारी दिएको छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नमुना नेपाललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्क्यक्त गदैं नमुना नेपाल निर्माणको लागि अभियान्ता बनेर सहयोग गर्न समेत आग्रह गरेका छन् । नमुना नेपालका बारेमा अवधारणा प्रस्तुत गरेपछि नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ट्रोपोग्राफिकल सर्बे, डिपिआर र ईआईएको काम गर्न पत्राचार गरेको थियो । सोही अनुरुप फाउण्डेशनले नेपाल ईन्जिनियर्स एसोसियसनको प्राबिधिक सहायतामा उक्त कामको सुरुवात गरेका हुन् ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले नमुना नेपालको काम सुरु भएकोमा खुसी ब्यक्त गदैं सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे । ‘हाम्रो लागि सहयोगी मनहरुनै सबैभन्दा ठुला हुनुहुन्छ, उहाँहरुकै कारणले हामीले गरेका सबै काम सफल भएका छन्’ धुर्मुसले भने ‘अब नमुना नेपालका लागि पनि सबैजना अभियान्ता बनेर साथ र सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।’ नमुना नेपाल धुर्मुस सुन्तली फाउण्डेशनको सबैभन्दा ठुलो परियोजना हो । जुन ५ अर्बको लगानीमा निर्माण हुनेछ । र फाउण्डेशनले जानकारि दिए अनुसार सुरु भएको ५ बर्ष भित्रैमा उक्त परियोजना सम्पन्न गरिनेछ ।




प्रतिक्रिया