काठमाडौँ १ पुुस (रासस) : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्यादेशको बारेमा वाम गठबन्धनलाई अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।
थापागाउँ सुधार समितिले आज यहाँ आयोजना गरेको ‘बधाई एवं धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । “काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ,”– उहाँले भन्नुभयो ।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेता सिंहले काँग्रेस संसद्मा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गर्नुभयो । “हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ,”– उहाँले भन्नुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।




प्रतिक्रिया