‘कांग्रेस बिरामी भएको छ, यसलाई सहि उपचार गरेर नयाँ जीवन दिनुपर्छ’: सिंह


‘एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगायो’
काठमाडौं, पुस ५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रत्यक्षतर्फ कांग्रेसले पाएको सिट संख्या अन्त्यन्तै निरासाजनक रहेको बताएका छन् ।

उनले भने, ‘समानुपातिकमा जनताको भोट आएको छ । जनताले कांग्रेसको नेतृत्व ठीक छैन । अब नेतृत्वमा सुधार गर्नुपर्छ भन्ने सन्देशसहितको मत दिएका छन् । यसलाई आत्मसात गरेर कांग्रेसलाई सुधार गर्ने्तिर लाग्नुपर्छ ।’

कांग्रेस अहिले बिरामी भएको उल्लेख गर्दै सिंहले थपे,‘कांग्रेस बिरामी भएको छ । यसलाई सहि उपचार गरेर नयाँ जीवन दिनुपर्छ, समयमा सुधार गर्नु जरुरी छ ।’
त्यस्तै उनले निर्वाचनको प्रक्रिया र्पुयाएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको बताएका छन् ।

उनले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको बताए । सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएकोप्रति उनको तिव्र असन्तुष्टि थियो ।

उनले थपे,‘यो सबै गलत हो, राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्ने्वित्तिकै एउटा निकास निस्कन्छ ।’

सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका नेकपा माओवादी केन्द्रका नेताहरूले नै कांग्रेसलाई नैतिकताको पाठ सिकाएकोमा उनले आश्चर्य प्रकट गरे ।