Logo

पार्टी एकताबाट भाग्ने छुट कसैलाई पनि छैन : श्रेष्ठ



काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ जनमत अनुसार छिट्टै सरकार गठन हुने विश्वास दिलाएका छन् । उनले सरकार निर्माणमा अवरोध गर्नेलाई नछाड्ने चेतावनी समेत दिए ।

उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाइ दिन बुधबार आयोजित कार्यक्रममा श्रेष्ठले जनमत अनुसार छिट्टै सरकार बन्ने बताएका हुन् ।

नेता श्रेष्ठले राष्ट्रियसभा गठन विवादका कारण सरकार गठनमा भएको विलम्बतर्फ संकेत गर्दै कुनै राजनीतिक सम्झौता गर्नु परे नयाँ सरकारले नै गर्ने स्पष्ट पारे । उनले भने,‘कांग्रेसलले विगतमाजस्तै कम्युनिष्टहरुलाई लडाएर खाने लोकतन्त्र खोजेको हो भने सम्भव छैन, निर्वा्चित शक्तिलाई सरकारमा जान रोक्न खोज्नेलाई छोड्दैनौं ।’

उनले पार्टी एकताबाट भाग्ने छुट कसैलाई पनि नभएको बताए । अब एमाले र माओवादीको संयुक्त व्यानरमा नभई एकीकृत कम्युनिष्ट पार्टीको ब्यानरमा कार्यक्रम गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्