तीनदिने महिला कार्यशाला सम्पन्न


काठमाण्डौं, ५ पुस । नयाँ संविधानले व्यबस्था गरे अनुसार संघीय शासन प्रणालीमा महिलाहरुलाई समायोजन गर्ने बारेमा तीन दिने कार्यशाला सम्पन्न भएको छ ।

बिभिन्न महिला तथा यौनि अल्पसंख्यक महिला, लागु औषघ प्रयोगकर्ता, एचआईभी संक्रमित महिला समूहको बिचमा घनिभूत छलफल गर्दै त्यसको निचोडलाई अबलम्वन गर्ने गरि तीनदिने बिचार कार्यशाला (थट वर्कशप) आयोजना भएको थियो ।

यूएन वुमनको सहयोगमा भएको कार्यशालामा महिला आन्दोलनको उपलब्धि, चुनौती र भबिष्यको दिशानिर्देश बिषयमा छलफल भएको थियो ।

कार्यशालामा अपांगता भएका, दलित, मधेशी, मुश्लिम, जनजाती, संचार, एकल महिला, द्धन्द, यौनिक अल्पसंख्यक, युवा महिला बेचबिखन, बैदेशिक रोजगारका क्षेत्रमा कार्यरत संस्था लागु औषघ प्रयोगकर्ता, एचआईभी संक्रमित महिला समूहका एवं नेटवर्कहरु भेला भएर अबको संघीय संरचनामा महिला आन्दोलन सामुहिक रुपमा कसरी अघि बढ्ने भन्ने बिषयमा बृहत छलफल भएको थियो ।

छलफलका सहभागीले महिला आन्दोलनले अब संघीय प्रणालीमा लेखेको समानता, देख्न र भोग्न पाउने गरि कार्यान्वयनमा जानु पर्ने विचार व्यक्त गरेका थिए । कार्यशालाले अबका आन्दोलन औपचारिकबाट परिणाम पुग्ने गरि समानताका लागि हुनुपर्नेमा जोड दिदै आर्थिक सशक्तिकरणका लागि अगाडि बढ्नु पर्नेमा जोड दिईएको थियो ।