Logo

चलचित्र ‘ब्याड ब्वाई’ शुक्रबारदेखी प्रदर्शन



काठमाडौं, ६ पुस । चलचित्र ‘ब्याड ब्वाई’ शुक्रबारदेखी प्रदर्शनमा आउने भएको छ । निर्माण पक्ष यो मितिलाई चलचित्र प्रर्दशन मिति पक्का गर्दै प्रचार प्रसारमा समेत उत्रिएको छ । चलचित्र देशभर एकसाथ रिलिजमा आउने निर्माण पक्षले जनाएको छ ।

राजेश ढुङ्गाना, मनोज थापा, हरिष दाहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ ।

मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेको यो चलचित्र बरूण अधिकारीले निर्देशन गरेका हुन् । एक्सन प्रधान चलचित्र बताइएको ‘ब्याड ब्वाई’ले सामाजका बिकृति कथामा उठाएको छ । देशमा युवाको भुमिका के, समाजलाई युबाहरूले कसरी बिर्गादैछन् लगायतको बिषय पनि चलचित्रमा देख्न सकिन्छ ।

माधब शर्माको लेखन, राजुजङ थापाको द्धन्द्ध, राम कार्कीको संगीत, गोविन्द राईको नृत्य, बिनोद सापकोटाको छायाँकन, सुबास देबकोटाको सम्पादन चलचित्रमा छ ।



प्रतिक्रिया दिनुहोस्