Logo

चलचित्र ‘व्वाई फ्रेण्ड’ मा समावेश गीत रिलिज



काठमाडौं, ७ पुस । माघ १२ गतेबाट देशव्यापि रुपमा प्रदर्शन हुन लागेको चलचित्र ‘व्वाई फ्रेण्ड’ को गित रिलिज भएको छ । लायन कृष्ण खनालको निर्माणमा तयार भएको यो चलचित्रमा पुष्कर रेग्मी र महिमा सिलवालको प्रमुख भुमिका रहेको छ ।

बुढाथोकी फिल्मसको व्यानमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता सुर्य बुढाथोकी हुन् । युवा अवस्थामा आफ्ना अभिभावकको खुकुलो केयरीड।का कारण कुलतमा फस्ने गरेका युवाहरुको कथा समेटीएको यो चलचित्रले सामाजिक चेतना दिने निर्माता कृष्ण खनालले जानकारी दिएका छन् ।

चलचित्रमा महिमा र पुस्करका अलवा सरोज खनाल,मोहन निरौला,कृष्ण खनाल, श्याम कुमार मिश्र ,सोनम थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रको लेखक भने मौनता श्रेष्ठ हुन् ।

सार्वजानिक फिल्मको टाईटल गितमा टंक बुढाथोकीको स्वर रहेको छ भने उक्त गितको संगित डाईरेक्सन टंक बुढाथोकी, सोनम शेर्पा र के के सिंहको रहेको छ ।
गितको भिडियो



प्रतिक्रिया दिनुहोस्