Logo

शिल्पा पोखरेल र छवी ओझाबिचको सम्बन्ध टुट्दै, यस्तो छ कारण



८ पुस, काठमाण्डौ । नेपाली चलचित्रको क्षेत्रमा छवि ओझा कुनै नौलो नाम होईन । ओझा चलचित्र निर्माताको राम्रै छवि बनाएका सर्जक हुन । पाँच बर्ष पहिले नायिका रेखा थापासँगको सम्बन्धबाट अलग्गिएका छवि ओझा पछिल्लो समय नायिका शिल्पा पोखरेलसँग जोडिएका थिए । वि.सं. २०७४ सालको शुरुवातमा

विवाह बन्धनमा नै बाँधिए भनेरसमेत चर्चा चलेको यि दुई जोडिको सम्बन्ध धरापमा परेको छ ।

आफूभन्दा अझै दुई गुणा धेरै उमेरका छविसँग विवाह गर्ने भनेर चर्चा चले पनि पछिल्लो समय शिल्पाको परिवारले छवीसँग विवाह नगर्न दबाब दिएका छन् ।
किस्मत–२ को प्रदर्शन भएको केही दिनपछि नै परिवारका केही सदस्यको उपस्थितिमा विवाह नै गरेको समेत चर्चा चलेको थियो । उनीहरु एउटै घरमा बस्दै आएका पनि थिए । तर पहिलो विवाह तोडेर रेखा थापासँग सम्बन्ध गाँस्न पुगेका छविलाई शिल्पाले पनि आधा बाटोमा छोड्ने पक्कापक्की भएको छ ।

घरबाट आएको सल्लाह नमानी छविसँग विवाह गर्न लागेकी शिल्पालाई साथीहरु घर परिवारकै दबाबले सम्बन्ध टुटाउनुपर्ने अवस्था आएको हो ।
छवीले नै शिल्पालाई फिल्म उद्योगमा स्थापित गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्