Logo

मञ्जिताको मुटु मायालुको सम्झनाले खायो–भिडियो सहित



काठमाडौं, ८ पुस । चर्चित मोडेल मञ्जिता केसीको अभिनय रहेको नयाँ गीत बजारमा आएको छ। अमूल्य म्यूजिक प्रा.लिले बजारमा ल्याएको ‘सम्झनाले मुटु खाईसक्यो’ बोलको दोहोरी गीतमा मोडेल केसीलाई महेन्द्र बिश्वकर्माले अभिनयमा साथ दिएका छन् ।

विमल डाँगीको लयमा तयार पारिएको गीतको शब्द रचना महेनद्र बिश्वकर्माले गरेका हुन । चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ती र प्रेम घिमीरे स्वर रहेको गीतको भिडियो निर्देशन अशोक बिकले गरेका हुन । बासु न्यौपानेले छायांकन गरेको गीतको भिडियो सम्पादन रमेश बिकले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्