Logo

‘क्याप्टेन’मा अनमोल र उपासना एकसाथ देखिने



काठमाडौं, ८ पुस । चलचित्र ‘क्याप्टेन’का लागि युवा स्टार अनमोल केसीको अपोजिटमा विभिन्न नायिकाहरुको चर्चा चलिरहँदा अर्की एक नयाँ युवतीको नाम बाहिर आएको छ । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको यो फिल्मका लागि अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी लगभग कन्फर्म भइसकेकी छिन् ।

चलचित्र विकास बोर्डमा निर्माता भुवन केसीले दर्ता गराएको रजिष्ट्ररमा चलचित्र क्याप्टेन’मा अनमोल र उपासना मुख्य भूमिकामा रहने उल्लेख छ । तर, निर्माण टीमबाट प्राप्त जानकारी अनुसार उपासना फिल्मका लागि कन्फर्म भने भइसकेकी छैनन् ।

चाँडै फिल्म यूनिटले उनको स्क्रिन टेस्ट लिँदैछ । स्रोतका अनुसार, ‘क्याप्टेन’मा अनमोलका लागि खोजिएका अन्य युवतीभन्दा निर्माण टीमले उपासनालाई मनपराएको छ ।



प्रतिक्रिया दिनुहोस्