कालिकोट घटनाका दोषीलाई कारबाही गर्न तरुणदलको माग

0
Shares

कालिकोट, ८ पुस । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले जिल्लामा शुक्रबार दिउसो नेपाल प्रहरी र म्यादी प्रहरीबीचको झडपमा परि ज्यान गुमाएका २१ वर्षीय विवेक ऐडीका दोषिलाई कडा भन्दा कडा कारबाहि गर्न माग गरेका छन् ।

एक विज्ञप्ती जारी गरे नेपाल तरुण दलका महामन्त्री शाहीले ईमान्दारीताका साथ राज्यले दिएको जिम्मालाई पुरा गरेर, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेको घर फर्किने दिनमा प्रशरीले गोली हानेर मारिएको भन्दै शाहीले कालिकोट प्रशासनमाथि तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन् ।

                                                              विज्ञप्ति
केही समय रोजगारी गरेर आफ्नो सिमित समस्या समाधान गरौंला भनेर म्यादी प्रहरी बनेका युबाहरु माथी आज दिउँसो कालिकोट मान्ममा प्रहरीले गोलि चलाउदा म्यादि प्रहरी बिबेक ऐडिको मृत्यु भयको दुःखद खबरले मलाई मर्महात र स्तब्ध बनायको छ। म र मेरो संगठनको तर्फबाट यस दुःखद घटनाको घोर भत्र्सना गर्दै दोषि माथि कडा कार्वाहिको माग गर्दछु।

शान्तिपुर्ण ढंगले आफ्नो तलब सेवा सुबिधा कम भयको भन्दै माग गरिरहेका म्यादी प्रहरी माथी प्रहरीलेनै गोलि चलाउदा मृत्यु भएकोले सत्यतथ्य छानबिन गरि दोषी उपर कडा भन्दा कडा कार्बाही गरियोस। घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनाका साथै मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

भुपेन्द्रजंग शाही
महामन्त्री
नेपाल तरुण दल

Skip This

Omoda E5 Pro