Logo

लालू अदालतबाटै पक्राउ, चारा घोटालामा दोषी ठहर



काठमाडौँ, ८ पुस : सीबीआई विषेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई चारा घोटालामा दोषी ठहर गरेको छ। तत्कालै लालूलाई अदालत परिसरबाटै प्रहरीले पक्रउ गरेको छ। उनको मुद्दामा अदालतले जनवरी ३ तारिखमा सजाय तोक्नेछ।

आफ्ना कान्छा छोरा एवं बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसहित लालू शनिबार बिहान अदालत पुगेका थिए। आक्रोशित समर्थकलाई लालूले शान्तिपूर्वक प्रदर्शन गर्न आग्रह गरेका थिए।

समाचारहरूमा उल्लेख भए अनुसार चारा घोटाला काण्डमा लालूसहित १५ जना दोषी ठहरिएका छन्।mलालूमाथि ३७ करोड भ्रष्टाचार गरेको आरोप छ। यस अगाडि पनि यही मुद्दामा दोषी ठहर गर्दै लालूलाई सजाय दिइएको थियो।

लालूको गिरफ्तारी पछि उनका समर्थक र पार्टी कार्यकर्ताले बिहारमा प्रदर्शन थालेका छन्। एजेन्सी।



प्रतिक्रिया दिनुहोस्