Logo

चलचित्र बोर्डकी अध्यक्ष निकितालाई कार्यालय प्रवेशमा अवरोध



काठमाडौं, ९ पुस । चलचित्र विकास बोर्डकी नव नियूक्त अध्यक्ष निकिता पौडेललाई बोर्डका कर्मचारीहरुले बहिष्कार गरेका छन् । कामचलाउ सरकारले नियूक्त गरेको भन्दै कर्मचारीहरुले पौडेलाई कार्यालय प्रवेशमा अवरोध पुर्याएका हुन।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले केही दिन अघि मात्रै चलचित्र बोर्ड, गोरखापत्र संस्थान लगायतका संस्थामा राजनीतिक नियूक्ति गरेको थियो । मंसिर २५ गते बसेको मन्त्रिपरिषदको वैठकले निर्णय गरेका कुनै पनि राजनीतिक नियूक्तिहरु नमान्ने अडान लिएको प्रतिपक्ष नेकपा एमाले समर्थक कर्मचारीहरुले पौडेललाई अवरोध गरेको बुझिएको छ ।

निकिता चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् भने उद्धव पौडेल राप्रपाका कोषाध्यक्ष हुन् ।



प्रतिक्रिया दिनुहोस्