Logo

कालिकोटमा म्यादी प्रहरीमाथि गोली प्रहारपछि उत्पन्न समस्या अझै समाधान भएन



१० पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रक नेता प्रकाश रोकायाले कालिकोट घटनाबाट निम्तिएको समस्या समस्या हुन नसनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै कालिकोटमै रहेका रोकायाले समस्या समाधान भयो भनेर हल्ला फिँजाइए पनि अवस्था गम्भीर रहेको बताए ।

वास्तवविक समस्या पहिचान गरेर समस्या समाधान गर्न सरकार अग्रसर हुन नसकेको उनले बताए । नेपाल प्रहरीले कालिकोटमा समस्या नरहेको भनेर सार्वजनिक गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रोकायाले अहिलेसम्म कफ्र्यू जारी रहेको जानकारी दिए ।

मृतक म्यादी प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्नुपर्ने र गोली प्रहार गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग अझै पूरा नभएको रोकायाले बताए ।
उल्लेखित माग पूरा नहुँदासम्म समस्याको समाधान हुने अवस्था नरहेको उनको भनाई छ ।

प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि कालिकोटमा स्थानीयवासी र म्यादी प्रहरीले प्रदर्शन जारी राखेका छन्। म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्दै भएको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो। घटनाको विरोधमा स्थानीयले प्रदर्शन थालेपछि सदमुकाम तनावग्रस्त बनेको छ।



प्रतिक्रिया दिनुहोस्