Logo

चुनाव हारेपछि पहिलो पटक गोरखा पुगेका नारायणकाजीले भने, “नेतृत्वमा विवाद छैन “



पुस, गोरखा । माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको चुनावमा पराजित उम्मेदवार नारायणकाजी श्रेष्ठ निर्वाचन क्षेत्र पुगेको छन् ।

चुनावपछि पहिलो पटक गृहजिल्ला गोरखा पुगेका उनले प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जनादेशको विरुद्धमा जान नहुने बताएका छन् ।
निर्वाचनमा देशैभरी बाम गठबन्धनका उम्मेदवार विजयी हुँदा पार्टी एकताका सूत्राधार समेत रहेका श्रेष्ठ भने गोरखा निर्वाचन क्षेत्र नं. २ बाट नयाँ शक्तिका बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

उनले राष्ट्रियसभामा सबैको प्रतिनिधित्व गर्नुपर्ने भएकोले हाल एकल संक्रमणीय विधि लागु गर्न कठिन रहेको बताए । यद्यपी एकल संक्रमणीय विधिमा जानै हुन्न भन्नचाँहि नरहेको उनको भनाई थियो ।

लोकतान्त्रिक विधि विरुद्ध काँग्रेस गएकाले आवश्यक लचतकताका साथ सम्झौता र सहमतिको स्प्रिट अनुसार निकास निकाल्न आफूहरु तयार रहेको नेता श्रेष्ठले बताए ।

उनले पार्टी एकता प्रक्रियालाई चाँडै टुंगोमा पुर्याउन छलफल भइरहेको भन्दै नेतृत्व कसले गर्ने भन्नेमा कुनै विवाद नरहेको दाबी गरे ।

नेताहरुको वीचमा कसरी अगाडि जाने भन्ने कुरामा सैद्धान्तिक र नीतिगत व्यवस्था गरेर नेतृत्वको बारेमा छलफल गरेर अगाडि बढ्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्