Logo

सरकार गठन गर्ने विषयमा विवाद नभएको नेम्वाङको दाबी



पुस ११, काठमाण्डौ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वामपन्थी सरकारको नेतृत्व केपी ओलीले नै गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नम्वाङले वामपन्थी सरकार बन्ने निश्चित भइसकेको भन्दै एमाले अध्यक्ष ओलीले नेतृत्व गर्ने बताए ।

ओली प्रधानमन्त्री बन्ने विषयमा औपचारिक निर्णय भने भइनसकेको उनको भनाई थियो । सरकार गठन गर्ने विषयमा एमाले र माओवादीबिच कुनै विवाद नभएको स्पष्ट पार्दै नेम्वाङले कुरा मिलिसकेको दाबी गरे ।

“कुनै पनि समस्या छैन । अलिअलि समस्या हुनुलाई स्वभाविक मान्छु ।” नेम्वाङले भने ।



प्रतिक्रिया दिनुहोस्