धनराज वास्तविक : काठमाडौं, १७ पुस । वाम गठबन्धनका भातृ संगठनहरुले प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोग समक्ष ज्ञापन–पत्र बुझाएका छन् ।
निर्वाचन आयोग नेपालको केन्द्रिय कार्यालय कान्तिपथ जमलमा पुगेर एमाले भातृ संस्था यूवा संघ नेपाल, अनेरास्ववियू र माओवादी केन्द्र निकट वाईसियल र अनेरास्ववियू क्रान्तिकारीका पदाधिकारीहरुले ज्ञापन–पत्र बुझाएका हुन।
विभिन्न संगठनका नेता कार्यकर्ताले तत्काल प्रतिनिधि सभा सदस्यको परिणाम सार्वजनिक नगरिए आन्दोलनमा जाने भन्दै नाराबाजी गरेका थिए ।

ज्ञापन–पत्रमा भनिएको छ,‘संविधानलाई पूर्ण कार्यन्वयनमा ल्याई वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न, मुलुकलाई नयाँ सरकार गठन प्रक्रिया अगाडी बढाउन, आयोगसँग जोडदार माग छ ।
पुनश्चःआयोगको ढिलासुस्ती र सरकारको आयू लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहिनतातर्फ लैजाने प्रपन्च हामीलाई मान्य नहुने र यस्तै गरे हामी कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुने यो ज्ञापनपत्रमार्फत जानकारी गराउँद छौँ।’

ज्ञापन–पत्र बझ्दै प्रमुख निर्वाचन आयूक्त डा।अयोधीप्रसाद यादवले ध्यानाकर्षण गराएकोमा ध्यावाद दिदै आफूले दलहरुसँग छलफल गर्ने बताएका छन् ।
तस्बिर-मुकुन्द कालिकोटे




प्रतिक्रिया