Logo

हामी भारत-चीन परस्त हाेइनौं, नेपाल परस्त हाैं : “प्रचण्ड”



भरतपुर, २१ पुस। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएकाे बताउनु भयाे।

“२४० वर्षसम्म शक्तिकाे स्राेत राजा महाराजालाई भनियाे, जनतालाई त्यही सिकाइयाे। उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए” भरतपुर महानगरपालिकाकाे पहिलाे नगर सभालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, “अहिले हामी त्याे जमानामा छैनौं, गणतन्त्रकाे युगमा छौं, हामी कसैकाे अधिनस्थ छैनौं, सार्वभाैम अधिकार जनतामा सुरक्षित छ। हामी बामपन्थीहरुकाे स्वतन्त्र विदेश नीति छ, त्यसैका अाधारमा बामपन्थी सरकार अघि बढ्छ। हामी भारतपरस्त पनि हाेइनौं, चीनपरस्त पनि हाेइनौं, नेपाल परस्त मात्र हाैं।”

“अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भन्नुभयाे। तर, म गठबन्धनलाई बलियाे बनाएर अघि बढ्ने पक्षमा छु” प्रचण्डले भन्नुभयाे, “तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस्। हामी फुट्दा फुट्दा देशकाे दुर्गति भयाे, अब देश बनाउने बेला अाएकाे छ। हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस्। बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशकाे हित हुन्छ, विकास र समृद्धिकाे चाहना पूरा हुन्छ। हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसाेचौं।”

“राजनीतिक क्रान्ति नयाँ चरणमा पुग्यौं, अब हाम्राे कार्यभार अार्थिक समृद्धि र विकास हाे। ६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलूकहरु धेरै अगाडि बढे” प्रचण्डले भन्नुभयाे, “हामीले अब गम्भीर रुपमा साेच्नुपर्छ, जनताले पटकपटक अवसर दिदैनन्, अहिले पनि जनताले दिएकाे अभिमतकाे सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ। कर्मचारी साथीहरुले पनि अाफूलाई जनताकाे शासक हाेइन, सेवक सम्झेर काम गर्नुस्।”

नगर सभामा मेयर रेनु दाहालले अार्थिक वर्ष २०७४/०७५ काे नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएकाे थियाे। प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल गर्ने कार्यतालिका रहेकाे छ।



प्रतिक्रिया दिनुहोस्