Logo

राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णयको एमालेद्धारा स्वागत



काठमाडौं, २१ पुस । नेकपा एमालेले सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेकोप्रति स्वागत गरेको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेसँगै एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम रावलले भने,“सरकारले ढिलै भएपनि निर्वाचनको मिति तोक्यो, यो स्वागतयोग्य कदम हो, हामी यसको समर्थन गर्छौं।”



प्रतिक्रिया दिनुहोस्