Logo

संसदीय दलको नेतामा देउवाले ज्ञानेन्द्रलाई अघि सार्ने



काठमाडौं, २१ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा वर्तमान अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अघि सार्ने सभापति शेरबहादुर देउवाले आन्तरिक तयारी गरेको खुलासा भएको छ ।
सभापति देउवाले यो पटक आफू दलको नेता नबन्ने निधो गरेका छन् । उनले आफ्ना विश्वासिला नेता कार्कीलाई नै अघि सार्ने तयारी गरेका छन् । संसदीय दलको नेतामा अर्का नेता प्रकाशमान सिंहको पनि चर्चा छ ।

देउवा पक्षधर नेता बालकृष्ण खाँणलाई तत्काल दलको नेता नदिने मुडमा देउवा पुगेका छन् । कार्कीको पक्षमा बरिष्ठ नेता विजयकुमार गच्छदार उभिएका छन् । उनले देउवालाई कार्कीलाई समर्थन गर्ने ग्रिन सिग्नल दिईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्