Logo

पौडेलको भेलामा तीन डाक्टरको बहिष्कार, यस्तो छ रहस्य



२२ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको भेलामा उनै पक्षमा डा.मिनेन्द्र रिजाल, डा.शेखर कोइराला र डा.नारायण खड्काले बहिष्कार गरेका छन् ।

यसअघि पौडेल पक्षधर रहेका तीन नेताहरु यसपटक भने टाडिन खोजेको कतिपयको विश्लेषण छ । तर शेखरले भने यस्ता भेलाहरु गरेर कुनै उपलब्धि नहुने भएकाले आफू सहभागि नभएको बताए । रिजाल र खड्का भने देउवा गुटतिर नजिक हुन चाहेको बताइएको छ ।

देउवाको नेतृत्व असफल भएको भन्दै पौडेलले आफू निकटका नेताहरुसँग छलफल गर्न भेलाको आयोजना गरेका थिए ।

शुक्रबार पौडेलले काठमाण्डौको एक होटलमा भेलाको आयोजना गरेका थिए । देउवा नेतृत्वको कांग्रेस कमजोर बन्दै गएकाले अबका दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पौडेलले छलफल गरेका थिए ।

पौडेलको भेलामा युवा नेताहरु धनराज गुरुङ, प्रदिप पौडेल, गुरुराज घिमिरे लगायतको पनि उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्