Logo

झलनाथको राष्ट्रपति बन्ने चाहनामा ओली बाधक



२२ पुस, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादीबिच हुने भनिएको पार्टी एकतामा पदीय भागबण्डमा नै मुख्य चुनौति बनेर देखिएको छ । पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदमा कसलाई अघि सार्ने भन्नेमा विवाद देखिएको छ ।

पछिल्ला दिनमा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति बन्ने चाहना देखाएका छन् । तर उनलाई राष्ट्रपति बन्नबाट रोक्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नै लागि परेका छन् ।

ओलीले हालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै अर्को कार्यकालका लागि पनि दोहो¥याउनुपर्ने अडान लिएका छन् । अर्कोतिर माओवादीले नेता रामबहादुर थापालाई राष्ट्रपति बनाउने चाहना राखेको छ ।

तर ओलीको चाहना भण्डारीलाई नै दोहो¥याउने भएपछि अरु विकल्प फिका बन्दै गएका छन् । जसका कारण खनालको राष्ट्रपति बन्ने चाहना पनि विफल हुने देखिएको छ ।

नेता माधवकुमार नेपाल पक्षधरले भने खनाललाई नै राष्ट्रपति बनाउने चाहना राखेको छ ।



प्रतिक्रिया दिनुहोस्