Logo

डा केसी वीर अस्पतालमा, केसीलाई मोबाइलपनि दिईएन



काठमाडौँ, २४ पुस : प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ । सर्वोच्च अदालत आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर प्रहरीले सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा केसीका सहयोगी डा तोसीमा कार्कीका अनुसार डा केसीको स्वास्थ्यमा आज दिउँसोदेखिनै समस्या आएको र रक्तचाप घटेको थियो, त्यसैले उहाँलाई अस्पताल ल्याइएको हो । प्रहरीले डा केसीको मोबाइल उहाँलाई नदिएको पनि डा तोसीमाले जानकारी दिनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्