Logo

‘निर्वाचन आयोग ‘ब्ल्याकमेलिङ’को शिकार’ :ओली  



काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन परिणाम नदिएर निर्वाचन आयोगले गलत गरेको बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार दिउँसो थाइल्यान्डको बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग अध्यक्ष ओलीले निर्वाचन आयोग पनि ‘ब्ल्याकमेलिङ’को शिकार बनेको बताए । जनमतको अपमान गर्दै सरकार गठन प्रक्रिया रोकेको भन्दै उनले सरकारको पनि आलोचना गरे ।

राष्ट्रियसभा निर्वाचनका लागि समय अनावश्यक लम्बाइएको भन्दै उनले आपत्ति जनाए । अध्यक्ष ओलीले विभिन्न बहानामा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता रोक्न प्रयास भएपनि त्यो सफल हुन नदिने बताए ।

उनले पार्टी एकताका लागि धेरै प्रक्रिया अघि बढिसकेको भन्दै अब कुनै प्रतिक्रियावादी शक्तिले एकता भाँड्न नसक्ने दाबी गरे । ओलीको साथमा उनकी श्रीमती, भतिजालगायत बैंकक गएका छन् । उनी एक सातापछि स्वदेश फर्कने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्