Logo

केसीले भोलि अनसन तोड्ने, सरकारसँग ५ बुँदे सहमति



काठमाडौं, पुस २८ : पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले भोलि अनसन तोड्ने भएका छन्।  अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेका स्वास्थ्यमन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा केसीले भोलि अनसन तोड्ने भएका हुन्।

त्यस्तै डा केसीले मन्त्री बोहोरासँग ५ बुँदे सहमति गरेका छन्।  मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनसन अन्त्य गर्न आग्रह गरेका थिए।

केसीसँग वार्ता गर्न बोहोरा नेतृत्वको टोली शुक्रबार साँझ साढे ७ बजे शिक्षण अस्पताल महाराजगन्ज पुगेको थियो। टोलीमा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले पनि थिए। मन्त्री बोहोराले डा केसीले उठाएका माग आशिंक रुपमा सर्वोच्च अदालतले सम्बोधन गरिसकेकाले अनसन तोड्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनसन थालेका डा केसीले विगत ५ दिनदेखि अनसनरत छन्।



प्रतिक्रिया दिनुहोस्