Logo

ईपिजीको छैठौं बैठक सम्पन्न : फागुणबाट साझा प्रतिवेदन लेखन सुरु गर्ने, सन्धि परिमार्जन गर्न भारत तयार



काठमाडौं, २९ पुस । नेपाल र भारतबीचको प्रबुद्ध व्यक्ति समूह(इपिजी)को बैठक शुक्रबार नयाँदिल्लीमा सम्पन्न भएको छ। सन्धि परिमार्जन तथा सीमा क्षेत्रका समस्या समाधानका लागि इपिजी गठन भएको हो।

ईपीजीको छैठौं बैठकमा सन् १९५० को नेपाल भारत सन्धि परिमार्जन गर्न भारत तयार भएको नेपाली अधिकारीहरुले बताएका छन्। बैठकमा सन् १९५० को सन्धि संशोधनमा केन्द्रीत भएको थियो।

भारतीय अधिकारीहरु नेपालको प्रस्तावअनुसार सन्धिका चार बुँदा परिमार्जन गर्न तयार भएको बैठकमा सहभागी एक नेपाली अधिकारीले जानकारी दिए ।
उक्त सन्धि असमान भएको भन्दै नेपालले परिमार्जनका लागि भारतसँग आग्रह गर्दै आएका छ।

बैठकले आगामी आगामी बैठक फागुनमा काठमाडौंमा गर्ने र त्यस बैठकदेखि साझा प्रतिवेदन लेखन सुरु गर्ने निर्णय गरेको छ। इपिजीको म्याद आगामी असारसम्म छ।

बैठकमा नेपालका तर्फबाट डा.भेषबहादुर थापा, सूर्यनाथ उपाध्यय, निलाम्बर आचार्य र डा.राजन भट्टराई सहभागी भएका थिए। त्यस्तै भारतको तर्फबाट बैठकमा भगतसिंह कोशियारी, जयन्त प्रसाद,महेन्द्र पी. लामा र बिसी उप्रेती सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्