Logo

राष्ट्रपति भण्डारी र प्रचण्ड परिवारले सँगै डिनर गरे



काठमाडौं, २९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले शुक्रबार डिनर सँगै खाएका छन् ।

शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा दिइएको डिनरमा अध्यक्ष प्रचण्डसँगै उनकी पत्नी सीता , माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका छोराहरु प्रसिद्ध र प्रणब सहभागी थिए ।

त्यस्तै डिनरमा प्रचण्डका जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बनेको तस्विरमा देखिन्छ ।

बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको शितल निवास स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्