काठमाडौँ, ३० पुस : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो ।
‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले रासससँग भन्नुभयो–‘‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’
अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बँैकक जानु भएको हो ।
उहाँ यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक जानुभएको हो । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराउनुभयो । (रासस)
प्रतिक्रिया