Logo

सुमार्गीले पत्रकार सम्मेलनमै सिरोहियामाथि लगाए गम्भिर आरोप, अरु के-के भने ? हेर्नुहोस् पूरा आरोपहरु



काठमाडौं, १ माघ । व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका मालिक मालिक कैलाश सिरोहियालाई ब्यालमेकर भन्दै गम्भीर आरोप लगाएका छन् ।

सोमबार वानेश्वरस्थित मुक्तिश्री टावरमा विशेष पत्रकार सम्मेलन गर्दै सुमार्गीले सिरोहियामाथि यस्तो आरोप लगाएका छन् । सुमार्गीले कैलाशलाई ब्ल्याकमेलरको आरोप लगाउँदै कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको आरोप समेत लगाएका हुन् ।

सुमार्गीले सिरोहीलाई कुत्तासम्म भन्न भ्याए । यद्धपी उनले आवेगमा आएर आफूले यस्तो शब्द प्रयोग गरेको भन्दै उपस्थिति दर्शकसामू माफी समेत माँगे ।

कानूनबमोजिम वैदेशिक ऋण भित्रयाएको जिकिर

सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गरे । उनले सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको बताए ।

विसं २०७० मा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गाको कारोवार भएको र कारोवारको एक वर्षपछि कान्तिपुर ग्रुपले आफूविरूद्ध निराधार समाचार प्रकाशन एवं प्रसारण गरेको आरोप लगाए ।

सुमार्गीले जारी गरेको विज्ञप्तीको सुरुवातमै भनिएको छ,“कान्तिपुर मिडिया ग्रुपले म र म आबद्ध संस्थाहरुविरुद्ध नियोजित रुपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्दै आएकोमा त्यसारेमा स्पष्ट गर्न आवश्यक ठानेर आज मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ।”

सिरोहियाको त्यस्तो कदमले विदेशमाबाट नेपालमा लगानी गर्न इच्छुक कम्पनीहरू निरुसात्हित हुन पुगेको सुमार्गीको भनाइ छ। सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनको हवाला दिँदै सिरोहियाले सम्प्रेषण गरेको समाचार झूठो भएको दाबी सुमार्गीको छ। सिरोहियाका गलत धन्दाबारे आफूसँग पर्याप्त प्रमाण भएको र ती समयसँगै सम्बन्धित निकायमा प्रस्तुत गर्न आफू तयार रहेको पनि व्यवसायी सुमार्गीले प्रस्ट पारे।

आफ्नो परिवार वि.सं. २०२९ सालदेखि व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएको उल्लेख गर्दै भनेका छन्,“पछिल्लो एक दशकयता मैले मेरा व्यवसायहरु विस्तार गर्ने क्रममा वैदेशिक ऋण एवं लगानीलाई समेत आधार बनाएका थिएँ । विदेशबाट लगानी ल्याउने कुराले मुलुकको हित हुनेमा विवाद छैन्। चार वर्षअघि यही स्थानमा पत्रकार सम्मेलन गरेर मैले मेरा व्यवसाय र त्यसमा भइरहेको तथा हुने वैदेशिक ऋण एवम् लगानीबारे जानकारी गराएको स्मरण गराउन चाहन्छु।”

सुमागीले जारी गरेको विज्ञप्तीमा अघि भनिएको छ,“२०७० सालमा कान्तिपुर मिडिया ग्रुपमा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मबीच जग्गा कारोबार भएको तथ्य यहाँहरूको जानकारीमा आइसकेको छ । जग्गा कारोबार भएको केही समयलगत्तै ‘सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिँडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन् । जग्गा कारोबारको एक वर्षपछि मेराविरुद्ध उनले गाली बेइज्जती सुरु गरेको जगजाहेर नै छ । २६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा मेराबारे छापिएको पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्र्याएको ऋण लगानी ‘जफत हुने अवस्थामा पुगेको’ भनी लेखिएको छ । उक्त पत्रिकामा छापिएको सामग्री निराधार थियो, मलाई बदनाम गर्ने एक मात्र उद्देश्यले निर्दे्शित थियो ।”

 



प्रतिक्रिया दिनुहोस्