Logo

अनेरास्ववियु नर्सरी हो, सिमाना मिचिँदा जुरमुराउनुपर्छ : खनाल



काठमाडौं, २ माघ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनेरास्ववियुलाई दक्ष जनशक्ति उत्पादन गर्ने नर्सरीको रुपमा ब्याख्या गरेका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटिद्धारा आयोजित दुईदिने उपत्यका स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले अनेरास्ववियुलाई नर्सरीको रुपमा ब्याख्या गरेका हुन ।

नेता खनालले भने,‘अनेरास्ववियू एउटा सुन्दर नर्सरी हो, त्यो नर्सरीमा धेरै प्रकारका फुलहरुको जन्म हुन्छ, कति नेता जन्मिन्छ, कति वैज्ञानिक जन्मिन्छन्, कति पाईलट, ईन्जिनियर जन्मिन्छन्, यस नर्सरीलाई हुर्काउन र उचित किसिमको रेखदेख गर्न अहिलेको नेतृत्वले सक्नुपर्छ ।’ उनले दुईदिने प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा एमाले र अनेरास्ववियू झनै नयाँ उज्यालोतिर लम्किन थालेको बताएका छन् ।

खनालले भने,‘हामी पार्टी एकताको प्रक्रियामा छौँ, हामीमा कुनै खोट हुनुहुँदैन, हाम्रो विचार, हामी हिड्ने बाटो स्पष्ट हुनुपर्छ, हाम्रो भविष्य उज्जवल छ, हाम्रो क्षमता र विचारमाथि दाग लाग्न दिनुहुँदैन ।’

प्रशिक्षणका क्रममा नबुझिएका कुराहरुलाई छलफलको विषय बनाएर निचोड निकाल्न सुझाव दिदै नेता खनालले भने,‘प्रशिक्षणको क्रममा अनुसासनपूर्वक बस्नुपर्छ, कोही कानेखुसि गर्ने, कोही बाहिर निस्किने, कोही भित्रिने यस्तो हुनुहुँदैन, अहिलेको जमना भनेको प्रतिष्पर्धाको जमना हो, अध्ययन गर्नपर्छ, अध्ययनशिल हुनुपर्छ, विश्व निक्कै तीव्र गतिमा प्रगतिको पथमा अघि बढ्दैछ, अनेरास्ववियूका नेता कार्यकर्ताले त्यो प्रतिष्पर्धालाई सहज तरिकाले पार गर्नुपर्छ ।’

अनेरास्ववियुका तीन मुख्य चरित्रलाई अक्षरंस पालना गर्न आग्रह गर्दै नेता खनालले अघि थपे, ‘ईतिहास जान्नुपर्छ, अनेरास्ववियूको ईतिहास के हो ? नेकपा एमालेको ईतिहास के हो? अनेरास्ववियुका प्रत्येक नेता कार्यकर्ताले जान्नुपर्छ, अनेरास्ववियूका मुख्य चरित्रमा लोकतान्त्रिक हुनुपर्छ, देशभक्ति हुनुपर्छ र तेस्रोमा प्रगतिशिल हुनुपर्छ, यी तीनवटा कुराहरु अनेरास्ववियु चल्ने मूख्य आधार हुन, सिमाना मिचिँदा बिरोध गर्नुपर्छ, अनेरास्ववियूको चरित्र नै देशभक्त हो, देश अहजतामा जाँदा साथ दिनुपर्छ, लोकतान्त्रिक बिधिलाई अक्षरंस पालना गर्नुपर्छ ।’

२०२२/२३ सालतीर अनेरास्ववियु निर्माण गर्दाको कुरालाई स्मरण गर्दै नेता खनालले पार्टीभित्रको फुट र गुटको आधारमा अनेरास्ववियुलाई चलाउन नहुने स्पष्ट पारेका छन् ।

विश्व शक्तिको हिसावमा रहेको अमेरिक र रुप पछिल्लो समयमा कम्जोर बन्दै गएको बताउँदै नेता खनालले अबको शक्तिमान राष्ट्रको रुपमा चीन, भारत, जापान, दक्षिण कोरिया लगायतका देशहरु अघि आउने बताएका छन् । विश्वको प्रगतिलाई पछ्याउने जनशक्तिको खाँचो रहेको बताउँदै नेता खनालले सम्पूर्ण विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई ईमानदार भएर समाज र देशको नेतृत्वमा लाग्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्