काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्तिको तयारी गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरेको हो ।
प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । देउवा निकट उच्च स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा र २ मा उमाकान्त झालाई प्रदेश प्रमुख तोकिने सम्भावित भएको छ ।
त्यस्तै ३ मा अनुराधा कोइराला र ४ मा बाबुराम कुँवरलाई तोकिने भएको छ । प्रदेश नम्बर ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ ।
आज दिउँसो ३ बजे बस्ने बैठकले उनीहरुको नाम फाईनल गर्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ ।




प्रतिक्रिया