काठमाडौं, ३ माघ । मोहन वैद्यले क्रान्तिकारी पार्टीका नेताहरु क्रमशः मोहन विक्रम सिंह, नेत्रविक्रम चन्द ‘विप्लव’ र ऋषि कट्टेलसँग एकता गर्ने भन्दै रातो कार्पेट विछ्याएका छन् । अहिले उनीहरुले अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलसँग एकताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको बैद्यले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
मंगलबार र बुधबार गरि दुई दिनसम्म बसेको पोलिटव्यूरो बैठकले विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको कम्युनिस्ट पार्टीसँग एकताको आधार तयार पार्न वार्ता टोली बनाई पहल गर्ने निर्णय गरेको बैद्यले बताए ।
धमलासँगको कुराकानीमा बैद्यले भने,‘नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति कार्यक्रम र उद्देश्य राखेका छौं, कम्युनिस्ट समूह र व्यक्तिहरुलाई एकतावद्ध गर्नुपर्ने हाम्रो ठहर छ, त्यसैले उहाँहरुलाई एकता प्रक्रियामा सामेल गराउन रेड कार्पेट नै ओछ्याएका छौं।’




प्रतिक्रिया